एकाबिहानै लमजुङमा भूकम्पको धक्का

केन्द्रभाग मिडिया

पोखरा ।

लमजुङमा आज विहान भूकम्पको धक्का महसुस् भएको छ ।

सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको स्थानीयले जानकारी दिएका छन् ।

२०७२ को गोरखा भूकम्पकै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

  • २७ मंसिर २०७८, सोमबार ०८:३७ प्रकाशित