नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु, १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धामा

केन्द्रभाग मिडिया

पोखरा ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजे सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुनेछन् ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धा छन् । निर्वाचनमार्फत कांग्रेस प्रतिनिधिले १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र अन्य केन्द्रीय सदस्य गरी जम्मा १३४ जना कांग्रेस केन्द्रीय सदस्य चुन्ने छन् ।

सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन् ।

सभापति पदका लागि ५, उपसभापतिमा ७, महामन्त्रीमा ६ जनाको उमेदवारी परेको छ । तर प्रदेश २ बाट केन्द्रीय सदस्यका २ कोटामा भने २ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध हुनेछन् । एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ ।

कस्को प्रतिस्पर्धा कुन पदमा लिष्ट हेर्न यहाँ क्लिक गर्नुहास् ।

  • २७ मंसिर २०७८, सोमबार ०८:२६ प्रकाशित