माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा प्रदेश कमिटी चयन गरेको छ ।

सोमबार विहान सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी गुरुङको अध्यक्षतामा २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटी चयन गरिएकोे माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।

पोखरा सभागृहमा शनिबारबाट शुरु अधिबेशनमा अध्यक्षका आकाक्षी धेरै देखिए पछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्षमा प्रस्ताब गरी निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटी उपााध्यक्ष, सचिब सहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने जनाइएको छ ।

अध्यक्षमा निर्वाचित गुरुङले पार्टी र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको उचाई बढाउने बताइन् । उनले सबैलाई मिलाएर नमुना पार्टी बनाउने उद्घोष गरेकी छन् । तीन दिन चलेको अधिबेशनमा एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका समितिहरु पश्चात प्रदेश अधिबेशन गरिएको हो ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट पालिकाहरुबाट छ सय, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी थिए ।

  • २७ मंसिर २०७८, सोमबार ०७:४० प्रकाशित