गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २२ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ ।

स्याङ्जा विरुवा गाउँपालिका २ का ८३ वर्षीय संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने २८ जना निको भएका छन् ।२८२ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार १२७ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ५२८ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ११, पर्वतका १,तनहुँका १,स्याङ्जाका ३ र नवलपरासीका १ जना रहेका छन् । ६ महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार ३७४ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १७६ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १५१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • २६ मंसिर २०७८, आईतवार १६:४३ प्रकाशित