कांग्रेस १४ औँ महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेस निर्वाचन समितीले उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ ।सार्वजनिक भएको अन्तिम नामावली अनुसार अब सभापतिमा ५ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।

दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जना र सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि शनिबार उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 उम्मेदवारको नामावली हेर्न क्लिक गर्नुहोस ।

  • २६ मंसिर २०७८, आईतवार १६:१८ प्रकाशित