पोखरा महानगर कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ एमाले केन्द्रीय सदस्य मनोनित

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगर कार्यवाहक प्रमुख मञ्जुदेबी गुरुङ नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएकी छन् । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले गुरुङलाई केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

शनिबारको बैठकमा एमालेले ४४ जना नेतालाई केन्द्रीय सदस्य मनोनीतको लागि प्रस्ताव गरेको थियो ।

एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

  • २६ मंसिर २०७८, आईतवार १५:०५ प्रकाशित