अमेरिकामा आँधीमा परी ७० बढीको मृत्यु, आपतकालीन घोषणा

केन्द्रभाग मिडिया

एजेन्सी ।

अमेरिकी राज्य केन्टकीमा रातभर चलेको आँधीबाट ७० भन्दा बढि व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकी राज्यका गर्भनर एन्डी बेशियरले राज्यको इतिहासमा सबैभन्दा नराम्रो आँधी आएको र यो संख्या बढ्दै १ सयसम्म पुग्न सक्ने चेतावनी दिएका छन्। गर्भनर बेशियरले यो आँधी विनाशकारी रहेकाले धेरैको ज्यान लिएको बताए।

खराब आँधी टोनार्डाका कारण धेरै अमेरिकी राज्यहरूमा विनाश मच्चिरहेको छ भने इलिनोइसमा रहेको अमेजन गोदाममा कामदारहरू फसेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

क्रेगहेड काउन्टीका न्यायाधीश मार्विन डेले अर्कान्सास नर्सिङ होम आंशिक रूपमा भत्किएपछि २० जना भित्र फसेको साथै १ जनाको मृत्यु समेत भएको जानकारी दिए ।

आँधीबेहरीका कारण अन्य राज्यमा पनि कम्तीमा १२ जनाको ज्यान गइसकेको छ।कन्टकीमा गभर्नरले आपत्कालीन घोषणा गरेका छन्।

दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

  • २६ मंसिर २०७८, आईतवार १५:०६ प्रकाशित