दोस्रो चरणमा देउवा इतर एक ठाउमा हुन्छौँः निधि

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत बढी मत नल्याउने बताएका छन् । निधिले सभापतिको लागि दोस्रो चरणमा मतदान हुने मात्र बताएनन् देउवा इतका उम्मेदवार एक ठाउँमा आउने बताए ।

दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने उनले घोषणा गरे । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले यस्तो बताएका हुन् ।

काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।

पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् ।

 

  • २६ मंसिर २०७८, आईतवार १४:४९ प्रकाशित