पार्टीमा अन्तिम परिक्षा दिदैँ गगन, महामन्त्री नजिते यस पछि निर्वाचन नलड्ने उद्घोष

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापाले पराजित भएमा कांग्रेसको साधारण सदस्य भएर बस्ने बताएका छन् । उम्मेदवारी दर्ता पछि पत्रारहरुलाई प्रतिक्रिया दिदै थापाले जिते महामन्त्री नजिते पार्टीको साधारण सदस्य भएर बस्ने बताए । यस पछिका निर्वाचनमा अगाडी नबढ्ने थापाले संकेत गरे ।

मेरो अगाडी महामन्त्रीको उम्मेदवार हुने मात्र एउटा छनोट बाकीँ रहयो, महामन्त्रीको रुपमा आए भने ४ वर्ष चलाउछु, त्यसले त्यसपछिको बटो तय गर्छ थापाले बताए ।

नेपाली कांग्रेसको महामन्त्री हुन सकिन भने त्यस पछिको बाटो राजनीतिक जीवन पार्टीको साधारण कार्यकर्ता भएर मात्र बस्छु । किन की मैले एउटा परिक्षामा उतिर्ण भइन, मैलै साथीहरुकोबीचमा फेरी परिक्षा दिन आइसके पछि फेरी उतिर्ण भए पो अगाडी बढ्ने हो, फेरी अनुतिर्ण भए आफुले आफुलाई यो भन्दा यात्राको लागि योग्य रैन्छु, पार्टीको एउटा कार्यकता भएर बस्नको लागि योग्य रैछु भन्ने ठान्नु पर्र्यो, उनले भने । कि महामन्त्री हुन्छु की पार्टीको साधाराण कार्यकर्ता भएर बस्छु, थापाले भने ।

समूहमा प्रयास गर्दा–गर्दा सहमती नभए पछि आ–आफ्नो बाटो लाग्नुपरेको थापाले दुखेसो गरे । फरक– फरक प्यानलमा उभिदा नरमाइलो लागेको तर पार्टी राजनीतिमा यस्तो भइरहने उनले बताए ।

  • २६ मंसिर २०७८, आईतवार १४:२० प्रकाशित