देउवाले भने–‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’

केन्द्रभाग मिडिया

काठमाडौ‌ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् । आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गरेका हुन् ।

आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिको छलफल आयोजनना गरेको थियो ।

छलफलमा बोल्दै सभापति देउवाले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका छन् ।

‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला ।’, सभापति देउवाले भने पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, ‘त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला ।’

  • २६ मंसिर २०७८, आईतवार १२:४८ प्रकाशित