कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै यी दुई चर्चित डन

केन्द्रभाग मिडिया

काठमाडौं ।

गुण्डा नाइकेको उपाधि पाएका गणेश लामा र राजु गोर्खाली काँग्रे केन्द्रीय सदस्यमा भिड्ने भएका छन् ।

कांग्रेसको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा राजु गोर्खाली र गणेश लामा क्रम ७६ नम्बर र १०२ नम्बरको उम्मेदवार भएका छन् ।
गुण्डागर्दी र अपराधको दुनियाँका यी दुईले जेलसजाय भुक्तानपछि राजनीतिमा लागेका हुन् ।

राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खालीले २०५९ सालमा रोयल डिस्को दरवारमार्गमा राजन लिम्बुलाई तरबार हानेर हत्या गरेपछि १० वर्ष जेल सजाय पनि भोगेका छन् ।

अर्का डन लामालाई प्रहरीले २०७४ फागुन ३० गते राजधानीको गौशालामा रहेको एक होटलबाट पेस्टोलसहित पक्राउ गरेको थियो।भने सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर भई एक वर्ष कैद सजाय सुनाइएको थियो ।

यता जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेलले अस्वस्थ प्रतिस्पर्धा भयो भन्दैँ हिजो महाधिवेशन प्रक्रियाबाट बाहिरिने बताएका छन् ।

  • २६ मंसिर २०७८, आईतवार १२:५९ प्रकाशित