युवराज न्यौपानेले कांग्रेस सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिने, शेखरलाई समर्थन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । गोरखाका न्यौपानेले महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी फिर्ता लिन लागेको जानकारी दिएका हुन् ।

उम्मेदवारी फिर्ता गदै उनले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीमलाई सघाउने भएका छन् । उनले कोइरालको टिम प्रगतिशील रहेको बताए ।

निर्वाचन समितिले दिएको साढे १२ बजेसम्मको समयमा कार्यालयमा गएर उम्मेदवारी फिर्ताको सूचना दिने उनले बताए ।

  • २६ मंसिर २०७८, आईतवार १२:२० प्रकाशित