एउटै समूहबाट फुटेका प्रकाशमान र शेखरबीच प्रतिष्प्रर्धा, कस्तो आउला नतिजा

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दौड पहिलो राउन्डमै टुंगो नलाग्ने निश्चितप्रायः भएको छ । ६ जना सभापतिका उम्मेदवारमध्ये ४ हस्तीहरुमध्ये शेरबहादुर देउवा पहिलो हुने निश्चितप्रायः छ । तर, उनले विधान अनुसार पहिलो राउन्डमै बहुमत ल्याउने सम्भावना कमजोर छ ।

कसैको बहुमत नआए पहिलो राउन्डमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिष्पर्धा हुन्छ । यसका लागि सभापतिका प्रतिष्पर्धी डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच तिव्र प्रतिष्पर्धा हुने अनुमान छ ।

पूर्वमहामन्त्री सिंहसँग व्यक्तिगत पकड भोट छ । उनलाई भित्र भित्रबाट ठूलो संख्यामा मत आउने सम्भावना पनि छ । शेखरसँग टिमको मत छ । उनी रामचन्द्र पौडेलनिकटस्थबाट ढुक्क छन् । तर, टिममा नपरेका केन्द्रीय सदस्यका उम्मेदवार धेरैले विद्रोह गर्न सक्छन् । यसले पर्ने धक्काले पनि प्रतिष्पर्धा रोचक बनाउन सक्छ । वागमती प्रदेशमा सिंहले बढि मत पाउने सम्भावन छ, भने प्रदेश १ बाट कोइरालार्ला बढि मत आउन सक्छ । उसोत विश्वप्रकाश शर्मालाई साथ लिएका सिंहले प्रदेश १ बाट कोइरालाका केही मत काट्न सक्ने आकलन गरिएको छ ।

प्रकाशमान सिंह र शेखर कोइरालाबीचको मतान्तर एक सय देखि २ सयभन्दा बढी देखिदैन । कतिपय मत यताउता हुने भएकाले को दोस्रो हुने अझै आँकलन गर्न कठिन छ । टिम बनाउँदा नपरेकाहरुले गर्ने विद्रोहबाट यसको सम्भावना बढ्न सक्छ ।

  • २६ मंसिर २०७८, आईतवार ११:३२ प्रकाशित