कांग्रेस महाधिवेशनः मनोनयन दर्ताबाट उठ्यो आधा करोड बढी रकम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मनोनयन दर्ताबाट आधा करोड बढी रकम संकलन भएको छ । निर्वाचन समितिको अनुसार मनोनयनका बेला उम्मेदवारी शुल्क बापत ५९ लाख ९५ हजार नगद उठेको छ ।

सभापतिमा ६ जनाको ३० हजारका दरले १ लाख ८० हजार, उपसभापतिमा ७ जनाको २५ हजारको दरले एक लाख ७५ हजार, महामन्त्रीमा ६ जनाको २५ हजारका दरले एक लाख २५ हजार, सहमहामन्त्रीमा २० हजारका दरले ४ लाख र केन्द्रीय सदस्यमा पाँच सय ९ जनाको १० हजारका दरले ५० लाख ९० हजार गरि ५९ लाख ९५ हजार शुल्क उठेको हो ।

 

  • २६ मंसिर २०७८, आईतवार १०:०१ प्रकाशित