साताको पहिलो दिन डलर,रियाल, दिरम, रिंगिटको भाउँ कति छ ? (सुचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

साताको पहिलो दिन आज आइतबार राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

एक युरोको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ११ रहेको छ ।युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६५ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८८ पैसा छ ।जापानी येन आज १० को खरिद दर नेपाली १०रुपैयाँ ६४ पैसा र बिक्री दर १० रुपैयाँ ६९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३८ पैसा रहेको छ ।

  • २६ मंसिर २०७८, आईतवार ०९:४७ प्रकाशित