यस्ता छन् नेकपा एमालेको आजको बैठकका एजेन्डा

केन्द्रभाग मिडिया

काठमाडौं।

आज नेकपा एमालेको बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटि गठनलगायतका एजेन्डामा छलफल हुने जनाइएको छ। शनिबार सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।

यस्तै आगामी पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ ।हिजोको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

  • २६ मंसिर २०७८, आईतवार ०९:०९ प्रकाशित