महिला उद्यमशिलतासंग जोडिनु पर्छ : उपसभामुख शर्मा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु हक अधिकारको सुनिश्चितता सहित उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औंल्याएकी छन् । दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ३३ को प्रारम्भिक साधारण सभा तथा कार्यालयको उद्घाटन गर्दै उनले महिला आर्थिक रुपमा सक्षम नभएसम्म समृद्धि प्राप्त गर्न नसकिने बताइन् ।

महिलाहरु संगठित भएर बचत गर्दै आयआर्जनतर्पm लाग्नु पर्नेमा जोड दिंदंै उनले सहकारीको माध्यमबाट महिला उद्यमशिलताको विकास हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा जेष्ठ शेयर सदस्य गौरिमाया त्रिपाठी, उत्कृष्ठ वचत कर्ता घनश्याम सुवेदी र असल कारोवारी देवी लामिछानेलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

पोखरा महानगर कार्यपालिका सदस्य राधिका शाही योगी र सहकारी अभियन्ता कमला गिरीले सहकारी ऐन, नियम, सिद्धान्तका आधारमा कार्य सम्पादन गर्नुपर्ने बताए । पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यले महिलाको व्यक्ति विकाससंगै आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । संस्थाका अध्यक्ष रमादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शान्ति आचार्य र टिपक लामिछाने, संस्थाका सल्लाहकारहरु हरिप्रसाद पौडेल, धनराज राना ,ऋषिराज आचार्य र डिल्लीराम बराल लगायतले सहकारीको महत्व माथि चर्चा गर्दै सञ्चालकहरु लगानी र असुलीमा सचेत हुनु पर्ने आवश्यकता औल्याए ।

पोखरा १७, २१ र ३३ तीनवटा वडाका ३३५ महिला शेयर सदस्य रहेको सो सहकारीको प्रारम्भमा ९७ लाख ५८ हजार ६००, ५२ लाख लगानी रहेको कोषाध्यक्ष तिर्थमाया लामिछानेले जानकारी दिइन् । उपाध्यक्ष देवीमाया आचार्यले स्वागत गरेको कार्यक्रम सचिव देवीकुमारी गुरुङले सञ्चालन गरेकी थिइन् ।

 

  • २५ मंसिर २०७८, शनिबार १९:३६ प्रकाशित