ओलीकै कारण एमाले मृत प्रायः कुनै पार्टीसंग एकीकरण नगर्ने

केन्द्रभाग मिडिया

sf7df8f}F, ^ k';M ;d;fdlos ljifodf wf/0ff /fVb} jl/i7 g]tf g]kfn d'n'ssf] ljsl;t kl5Nnf] /fhgLlts 36gf qmdaf/] ;~rf/sdL{;fd' cfˆgf] wf/0ff /fVb} k"j{k|wfgdGqL dfwjs'df/ g]kfn . tl:a/M /f]zg ;fksf]6f ÷/f;;

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै विभाजित गर्नुपर्ने अवस्था आएको बताए ।

ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए ।
आफ्नो सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले पार्टीका केही नेताहरुले बीचैमा आफूलाई धोका दिएको भन्दै गुनासो पनि गरे । उनले ओली सत्ता बाहेक केही नरोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप टिप्पणी गरे ।

उनले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको उनले बताए । उनले भने– ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।

ओलीले इतिहासमा लाजमर्दो काम गरेको बताए । ओलीले पार्टी तहसनहस पारेको बताए ।
उनले नेकपा कालमा ओलीले जालझेल षड्यन्त्र गरेको स्मरण गर्दै पार्टीमा आफू कमजोर भएपछि सचिवालयका ३ नेतालाई एकैदिन सबैलाई पालैपालो आफूपछिको प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएर भ्रममा राख्न खोजेको उल्लेख गरे ।

ओलीले पुस ५ गते संसद विघटन गरेर प्रतिगमनको बाटोमा लागेको बताउँदै पुनःस्थापित संसदमा आफूले विश्वासको मत नपाएपछि पुन संसद विघटन गर्दै आफ्नो पक्षमा बहुमत छ भनेर राष्ट्रपतिकोमा दावी गरेर लाजमर्दो काम गरेको उल्लेख गरे । उनले संसदबाट अविश्वासको मत पाउने वित्तिकै राजीनामा गर्नुपर्नेमा उल्टै बहुमत दावी गर्नु आश्चर्यको विषय भएको बताए ।

  • १३ भाद्र २०७८, आईतवार १४:१७ प्रकाशित