कास्कीका देवराज चालिसेले दर्ता गरे सहमाहामन्त्री पदमा उम्मेदवारी

केन्द्रभाग मिडिया

काटमाडौं ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कास्कीका नेता देवराज चालिसेले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् । चालिसेले खसआर्यबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी शेखर कोइरालको प्यानलमा छन् । कोइरालाको टीममा उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।

महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको छन् । यता सहमहामन्त्रीमा खसआर्यबाट चालिसेवाहेक महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम छ ।

  • २५ मंसिर २०७८, शनिबार १८:०४ प्रकाशित