शेखर कोइरालाद्धारा प्यानलसहित उम्मेदवारी दर्ता, को–को छन् प्यानलमा ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसको सभापतिमा नेता शेखर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

नेता कोइरालाको टिममा उपसभापति धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन्, भने महामन्त्रीको रुपमा गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

यो समूहमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ । सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् ।

यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।

 

  • २५ मंसिर २०७८, शनिबार १६:५२ प्रकाशित