देउवा समूहबाट कास्कीका सोभियतबहादुर अधिकारी केन्द्रीय सदस्यको सूचिमा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको संस्थापन पक्षले प्रदेशबाट प्रतिनिधित्व गर्ने र समावेशीतर्फका केन्द्रीय सदस्यहरुको उम्मेदवार टुंग्याएको छ ।

देउवा समूहमा कास्कीबाट सोभियतबहादुर अधिकारी परेका छन् । उनि कांग्रेस विभाजन हुदाँ प्रजातान्त्रीक तर्फ लागेका नेता हुन् ।

गण्डकीबाट ध्रुव वाग्ले तनहुँ, सोभियतबहादुर अधिकारी कास्की र महिलामा सरस्वती तिवारी स्याङ्जा, लुम्बिनीबाट देवेन्द्रराज कँडेल (नवलपरासी पश्चिम), चन्द्र केसी गुल्मी र महिलामा शिला शर्मा खड्का दाङ लाई उम्मेदवार बनाउने निर्णय भएको सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

  • २५ मंसिर २०७८, शनिबार १६:३६ प्रकाशित