कल्याण गुरुङले दिए सभापतिमा उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले पहिलो नम्बरमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता स्थल भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए ।

  • २५ मंसिर २०७८, शनिबार ११:५१ प्रकाशित