समूहमा सहमती नभए पछि पौडेलले उम्मेदवारी नदिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा उम्मदवारी नदिने भएका छन्। शनिबार बिहान उनको निवास बोहराटारमा भएको छलफलमा उनले उम्मेदवारी नदिने प्रस्ट पारेका हुन्।

आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका हुन्। उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका हुन्। उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइएमात्रै अघि बढ्ने तयारी गरेका थिए।

केही दिनअघि आफूपक्षको छलफलमा उनले सबै जना उम्मेदवार हुने भए आफूले राजनीतिबाट सन्यास लिने भावनात्मक अभिव्यक्ति दिएका थिए। उनले शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने तयारी गरेका थिए। तर नेताहरुको अनुरोधपछि उनी सहभागी भएका थिए।

 

  • २५ मंसिर २०७८, शनिबार ११:४७ प्रकाशित