देउवाको टिममा नपरेका विश्वप्रकाश टिम नमिले एक्लै महामन्त्रीमा उम्मेदवारी दिने

केन्द्रभाग मिडिया

काठमाडौं । देउवाको टिममा नपरेका विश्वप्रकाश टिममा नमिले एक्लै महामन्त्रीमा उम्मेदवारी दिने
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्यानल छाड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि शर्माले प्यानल छाड्न लागेका हुन् ।

विश्वस्त स्रोतका अनुसार शर्माले संस्थापनइतर समूहको कुनै पनि पक्षबाट महामन्त्रीका लागि स्थान लगभग पक्का गरिसकेका छन् । झापामा सिटौलासँग आन्तरिक प्रतिष्पर्धा गर्दै आएका शर्माले महामन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । यद्यपि, उनले महामन्त्रीमा आफ्नो स्थान पक्का भएमा देउवा प्यानलमै रहने भएका छन् ।

  • २५ मंसिर २०७८, शनिबार ११:३५ प्रकाशित