मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी०)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ ।

शीर्ष तीन नेताको बैठक सम्पन्न भएको नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

यसअघि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउदै आएका थिए ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ ।

यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा सरकार मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिने जोडमा रहेको जनाइएको छ ।

  • १३ भाद्र २०७८, आईतवार १२:३२ प्रकाशित