५० लाख बढिले लगाए कोरोनाविरुद्धको खोप

केन्द्रभाग मिडिया

काठमाडौं ।
हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिए ।
उहाँले ४० लाख ५२ हजार ७६५ जना व्यक्तिले कोरोनाको दोस्रो मात्रा खोप लगाइसकेको बताउनुभयो । डा. पौडेलले हालसम्म २० लाख ५२ हजार ७७ जनाले कोभिसिल्ड र एस्ट्राजेनेका खोपको पहिलो मात्रा पाएका छन् भने १० लाख ५९ हजार ७७८ जनाले पूर्ण खोप अर्थात दुबै मात्रा खोप पाइसकेका छन् ।

उनले ३० लाख १२ हजार ४४५ जनाले भेरोसेल खोपको पहिलो मात्रा र १६ लाख ४५ हजार २३८ जनाले दुबै मात्रा खोप लगाइसकेका बताए ।

यस्तै एक मात्रा खोप लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको पूर्ण खोप १३ लाख ४७ हजार ७४९ जनाले लगाइसकेका छन् । प्रवक्ता डा. पौडेलले गत वर्ष माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएकोमा ५० लाख बढीलाई खोप लगाउनु सकारात्मक विषय भएको बताए ।

डा. पौडेलले एस्ट्राजेनिका खोप सबैभन्दा बढी बागमती प्रदेशमा पाँच लाख ५७ हजार ९२० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी दिए । पौडेलका अनुसार प्रदेश १ मा तीन लाख १४ हजार ११७ जनाले कोरोना विरुद्धको पहिलो मात्रा लगाएका छन् ।

त्यस्तै प्रदेश २ मा कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाउनेमा तीन लाख २२ हजार ९११ जनाले पहिलो मात्रा खोप लगाएका छन् । गण्डकीमा दुई लाख आठ हजार ७७७, लुम्बिनीमा तीन लाख सात हजार ८७४,कर्णाली प्रदेशमा एक लाख १७ हजार २४८ र सुदूरपश्चिम प्रदेशमा दुई लाख २२ हजार २३० जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रदेश अनुसार भेरोसेलको दोस्रो मात्रा खोप लगाउनेहरुमा ७५ हजार ११८ जनाले लगाएका छन् ।

यस्तै प्रदेश २ मा ७८ हजार ४९७,बागमतीमा आठ लाख ५७ हजार २४७, गण्डकीमा एकलाख ८३ हजार २३४ ,लुम्बिनीमा तीन लाख १६ हजार १११ जनाले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाएका छन् । यस्तै कर्णालीमा ४४ हजार ८९१, सुदूरपश्चिममा ९० हजार १४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 

  • १२ भाद्र २०७८, शनिबार १७:०६ प्रकाशित