आठजना जुवाडे ५६ हजार रुपैयाँ सहित समातिए

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको नदिपूरबाट एक घरमा जुवा खेलिरहेको अवस्थामा आठ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरी टोलीले बिहीबार साँझ ५६ हजार रुपैयाँ नगद र चार बुक तास सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नयाव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्ने पोखरा महानगरपालिका वडा नम्बर ३ का तीन जना महिला र दुई जना पुरुष, वडा नम्बर ८ का एक पुरुष, वडा नम्बर २ का एक पुरुष र म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर एकका एक पुरुष हुन् ।

उनीहरुलाई सर्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दा शिर्षकमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

  • ११ भाद्र २०७८, शुक्रबार १९:२४ प्रकाशित