गण्डकीमा ५४५ संक्रमण मुक्त, थप ३५० जनामा संक्रमण, थप ६ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार ५४५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित हुनेको संख्या ३५० रहेको छ । थप ६ संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमण दर केही केही घटे पछि संक्रमण हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४८ नमूना परिक्षण भएको छ । हाल आइसोलेसनमा रहनेको संख्या ३ हजार ८६० छ । जसमध्य ३ हजार ४२० होमआइसोलेसनमा छन् ।

  • ११ भाद्र २०७८, शुक्रबार १८:२० प्रकाशित