राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्य मन्त्री वन्ने

केन्द्रभाग मिडिया

पोखरा । एमालेको औपचारिक विभाजनपछि माधव नेपालको नेतृत्वमा नयां पार्टी नेकपा एकीकृत समाजवादी दल वनेसंगै नियुक्तिमा पनि फेरवदल हुने भएको छ ।

वागमती प्रदेशमा मुख्य मन्त्री वनेकी अष्टलक्ष्मी शाक्य एमालेमै रहेपछि उनको पद धरापमा परेको छ ।वागमती प्रदेशसभाका सदस्य राजेन्द्र पाण्डे नयां पार्टीमा गएपछि उनी नै पार्टीको महासचिव र प्रदेशको मुख्य मन्त्री वन्ने संभावना वढेर गएको छ ।

राजनीतिलाई सम्भावनै सम्भावनाको खेल मानिन्छ । कसको राजनीति कस्तो हुन्छ भनेर कसैले ठ्याक्क भन्न पनि सक्दैन । हिजोसम्म एमाले यो देशको पहिलो ठूलो शक्ति थियो । चौतर्फी यसको बोलवाला र दबदबा थियो । आज सडकमा पुगेको छ ।

एकपछि अर्को सरकारी पद गुमाउँदै गएको छ । आपसी बेमेलकै कारण पार्टी विभाजन भएको छ । एमालेको संसद्मै दुईवटा पार्टी बनेको छ । अब संसद्मा एमाले र एकीकृत समाजवादीको अस्तित्व रहनेछ ।

यसैक्रममा एमालेबाट फुटाएर एकीकृत समाजवादी पार्टी निर्माण गरेका माधवकुमार नेपालले पदाधिकारी चयनबारे गृहकार्य सुरु गरेका छन् । भाइ सुरेन्द्र पाण्डे एमालेमै भए पनि राजेन्द्र पाण्डेले भने माधव नेपालको साथ छाडेनन् । सोही कारण उनलाई पार्टीको महासचिव र बागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ ।

 

  • १० भाद्र २०७८, बिहीबार १६:२१ प्रकाशित