नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुन्छ–माधव नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।नेकपा (एकीकृत समाजवादी¬)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए ।

‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ’ नेता नेपालको भनाइ छ । उनले नेपाल कृषि प्रधान देशका भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दावी गरे ।

‘हामी अवश्य पनि किसानलाई जग्गाको मालिक बनाउनेछौ’ उनले सुकुम्वासी समस्या समाधान गर्ने भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र शिक्षा लगायतका सात विषयलाई महत्व दिने बताए ।
भौतिक पूर्वाधारको विकास गर्दा हावादारी योजना अघि नसार्ने भन्दै ओलीले अघि सारेका पानी जहाज र रेलका सपना नबाँड्ने तर गर्नसक्ने कामहरु गर्ने बताए ।

  • १० भाद्र २०७८, बिहीबार १५:५८ प्रकाशित