नेकपा एकीकृत समाजवादीमा समाहित हुन कार्यकर्तासंग माधव नेपालको अपील

केन्द्रभाग मिडिया

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले नेतृत्व गरेको नयाँ पार्टीमा समाहित हुन एमाले नेतारकार्यकर्तालाई अपिल गरेका छन्।

निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा नलाग्न बताए।

‘केपी ओली गुटबाट तत्काल छुटकारा पाउनुस् , जनताको जिम्मेवारीबाट भागेको, पार्टी तहसनहस गर्न उद्धत भएको, सरकार सञ्चालन गर्न असफल, पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुसी मनाएको, एकै कार्यकालमा दुई पटक प्रतिनिधि सभा विघटन गर्नेलाई साथ नदिनुस्,’ अध्यक्ष नेपालले भने,

‘देशभर पीडित रहनुभएका साथीहरू नयाँ क्रान्तिकारी धारमा समाहित हुनुस्।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ आफ्नै निवास बालकोटमा पत्नी राधिका शाक्यको जन्मदिन मनाएका थिए। सो अवसरमा आयोजित कार्यक्रममा उनी नाचेको भिडिओ सार्वजनिक भएको थियो। त्यही भिडिओ माथि नेता नेपालले प्रतिक्रिया दिएका हुन्।

निर्वाचन आयोगले बुधबार एमाले विभाजित भएर बनेको नेकपा ९एकीकृत समाजवादी० लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो।
अध्यक्ष नेपालले पहिला आफ्नो पक्षमा रहेका र अहिले एमालेमै बेसका १० जना स्थायी कमिटी सदस्यतर्फ लक्षित गर्दै उनीहरू बीचमै थाकेको प्रतिक्रिया दिएका छन्।

ओलीलाई लक्षित गर्दै नेपालले पहिले राजतन्त्र ढाल्न सकिँदैन भन्नेहरूले अहिले नयाँ पार्टी चल्दैन भन्ने प्रतिक्रिया दिएको पनि बताए।

 

  • १० भाद्र २०७८, बिहीबार १५:३९ प्रकाशित