भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

केन्द्रभाग मिडिया

विराटनगर ।
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संसदीय दलका नेता शेरधन राइले राजीनामा दिए र आचार्यलाई प्रस्ताव गरेका थिए । एमाले संसदीय दलको बैठकले आचार्यलार्य संसदीय दलको नेता चयन गरेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

नले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

  • १० भाद्र २०७८, बिहीबार १२:५५ प्रकाशित