चार महीना भित्रै एकीकृत समाजवादी र माओवादी वीच एकता हुने

केन्द्रभाग मिडिया

पोखरा । अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता मेटमणि चौधरीले निर्वाचन आयोग बुधबार गरिएको सनाखतका क्रममा यस्तो दाबी गरेका हुन्।

अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ उनले भने, त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।ु
चौधरीले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द  विप्लव सहितका अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने दाबी पनि गरेका छन्।
माओवादीसित अन्य साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौँ उनले भने ४ महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा छौँ।
उनले आफूहरु एकल अध्यक्ष, बहुमतीय प्रणालीमा नेकपा एकीकृत समाजवादी जाने बताए। त्यसका लागि पार्टीमा १७ जना पदाधिकारी राखिने पनि जानकारी दिएका छन्।
चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताए। सबै मान्छे युद्धको मैदानमा रहँदैनन् नि उनले भने माधव नेपालसँग हामी छौँ। अब हामी अघि बढेका छौँ।

 

  • ९ भाद्र २०७८, बुधबार १४:५८ प्रकाशित