माधव नेपाल पक्षको नयाँ पार्टी दर्ता गर्न ३० साँसद र ५५ केन्द्रीय सदस्य उपस्थित

केन्द्रभाग मिडिया

sf7df8f}F, ^ k';M ;d;fdlos ljifodf wf/0ff /fVb} jl/i7 g]tf g]kfn d'n'ssf] ljsl;t kl5Nnf] /fhgLlts 36gf qmdaf/] ;~rf/sdL{;fd' cfˆgf] wf/0ff /fVb} k"j{k|wfgdGqL dfwjs'df/ g]kfn . tl:a/M /f]zg ;fksf]6f ÷/f;;

पोखरा । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ ।

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

यसै क्रममा नेकपा एसका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पछि थपिएका ४ सांसद बारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल जारी रहेको छ ।

 

  • ९ भाद्र २०७८, बुधबार १४:४६ प्रकाशित