एमालेलाई फुटाउने नियतका साथ दल विभाजन सम्वन्धी अध्यादेश–ओली

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको बताएका छन्।

मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णयबारे बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा ओलीले एमाले फुटाइसकेकाले जुनसुकै बेला उक्त अध्यादेश सरकारले फिर्ता लिन सक्ने पनि बताए ।

१२ बजे राति संसद अन्त्य गरेर बिहानै अध्यादेश ल्याइन्छ उनले भने,एमाले विभाजनका लागि ल्याएको हो त्यो अध्यादेश माधव नेपाललाई सोधेर २० प्रतिशतको थ्रेस होल्ड राखेर अध्यादेश ल्याइएको छ।

माधव नेपालले एमाले फुटाइसकेपछि उक्त अध्यादेश रद्ध गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको पनि ओलीले बताए। माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वत रद्ध गर्ने तयारीमा छन् उनले भने,उनीहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड) थर्कमान छन् आफ्नै पार्टीमा पहिरो जाने डरले।

ओलीले आफ्नो सरकारले ल्याएको र अहिले ल्याएको अध्यादेश फरक रहेको पनि बताएका छन्।पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन उनले भने,मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन। फ्लोर क्रस पनि चलेको थिएन। असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन।

 

  • ९ भाद्र २०७८, बुधबार १२:५२ प्रकाशित