कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

पोखरा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन आदेश दिएको हो । सरकारले हितेन्द्रदेव शाक्यलाई उर्जा आयोगमा लैजाने गरी घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

 

  • ८ भाद्र २०७८, मंगलवार १६:०१ प्रकाशित