एमाले स्थायी कमिटिको वैठकमा तेश्रो धारका सवै नेता सहभागी

केन्द्रभाग मिडिया

पोखरा । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलमा सुरु भएको छ।

उक्त बैठकमा सहभागी हुन यसअघि तेस्रो धारका भनिएका सबै नौ नेता पुगेका छन्।
माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका हुन्।

बैठकमा भाग लिन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि पुगेकी छन्। त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुन पुगेका छन्।

त्यस्तै उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा सहभागी हुन पुगेका छन्। त्यस्तै सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि लामो समयपछि एमाले बैठकमा भाग लिन पुगेका छन्।

सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए।
त्यही अनुसार आजको स्थायी कमिटी बैठकले पनि नेकपा एकीकृत समाजवादी खोल्ने निर्णयमा पुगेका नेता नेपाललाई पार्टीमा फर्किन आह्वान गर्ने तयारी गरेको छ।

 

  • ८ भाद्र २०७८, मंगलवार १५:४६ प्रकाशित