पार्टी कव्जा अभियानमा देउवा : डा. कोइराला

केन्द्रभाग मिडिया

 

पोखरा । नेपाली कांग्रेसका नेता डा  शेखर कोइरालाले सभापति शेरबहादुर देउवा धाँधली गरेर पार्टी कब्जा अभियानमा लागेको बताएका छन्।
पार्टी क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न मागसहित मंगलबारदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना थालेका जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

क्रियाशील सदस्यता खोज्दै यसरी धर्ना बस्नु दुखका साथ भन्नुपर्छ हाम्रा लागि राम्रो क्षण होइन कोइरालाले भने, क्रियाशील सदस्यमा आफ्नो नाम छ कि छैन भनेर धर्ना बस्नुपरेको छ। यो त निर्वाचनको आधारभूत कुरा हो।

क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न दिइएको पटक पटकको दबाबलाई पनि पार्टी नेतृत्वले बेवास्ता गरिरहेको उनले बताए। नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय नेतृत्वले यो कुरा सुनिरहेका छैनन्, उनले भने,साधारण कार्यकर्ताहरुले जिल्ला गाउँमा बसे आफ्नो नाम हेर्न चाहेका छन्। यो माग राखेर सभापतिहरुले धर्ना सुरु गर्नु भएको छ।

कोइरालाले क्रियाशील सदस्यतामा सूचीमा सभापति देउवाकै नाम रहे नरहेको टुंगो नभएको बताए। केन्द्रीय सभापति (शेरबहादुर देउवा) लाई सोध्छु क्रियाशील सदस्यतमा उहाँको नाम छ उनले सोधे, मेरै नाम छ कि छैन क्रियाशील सदस्यमा थाहा छैन।

देउवाप्रति लक्षित गर्दै उनले पार्टी कब्जा गरेर जाने सपना नदेख्न पनि चेतावनी दिए। पार्टी कब्जा गरेर अगाडि जाने हो भने त्यो दिवास्वप्न मात्रै हुनेछु, उनले भने त्यो सम्भव छैन। नेपालको इतिहासमा कांग्रेसको विशिष्ठ पहिचान छ। त्यो लडाइँका लागि हामी सबै एकैठाउँमा छौँ।ु
कोइरालाले क्रियाशील सदस्यता छानबिन समितिले बुझाइसकेपछि सबै नेता कार्यकर्ताले हेर्न पाउनुपर्ने पनि मत राखे।

 

  • ८ भाद्र २०७८, मंगलवार १४:४३ प्रकाशित