फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब एक लिटर पेट्रोलको १३० तिर्नुपर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रति लिटर एक सय ३० रुपैयाँ डिजल, मट्टीतेल प्रतिलिटर एक सय १३ रुपैयाँ कायम भएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा पनि निगमले प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ । अब प्रति सिलिन्डरको मूल्य एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएको र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोमिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलोमिटर पुर्‍याएको निगमको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ ।

  • ८ भाद्र २०७८, मंगलवार ०६:३६ प्रकाशित