प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

केन्द्रभाग मिडिया

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य डा. भट्टराईले प्रतिनिधि सभा सदस्यले समेत आफ्नो भुमिका बारे स्पष्ट नभएको भन्दै सर्वोच्चले सबैको भुमिकालाई स्पष्ट पारिदिएको बताएका हुन् । सर्वोच्च अदालतले सुन्दर ढंगले संवैधानिक व्याख्या गरेर संविधानलाई बचाएको पनि उनले बताए ।

उनले भने – ‘प्रतिनिधि सभा र यसका सदस्यहरुले सायद हाम्रो शक्ति चिनेको छैनौँ । अहिलेको सर्वोच्च अदालतको फैसलामा राष्ट्रपति, प्रधानमन्त्री, न्यायालय हुँदै प्रतिनिधि सभा, सभामुखसमेतको अधिकार क्षेत्रको, कर्तव्यको त्यहाँ मूल्यांकन गरिएको छ । दिशानिर्देश गरिएको छ । व्याख्या गरिएको छ । हामीले आफैले लेखेको संविधान आफैँ विर्सिएको थियौँ । यो प्रतिनिधि सभा सबैभन्दा उच्चतम थलो हो ।’

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरिएको भन्दै उनले दुर्घटनाबाट बचेको पनि उल्लेख गरे । यो संविधान अपूर्ण भएपनि अग्रगामी भएको भन्दै उहाँले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने ‘यो संविधान विगतका सबै संविधान भन्दा अग्रगामी संविधान छ । अपूर्ण छ अपुरो छ तर अग्रगामी छ । त्यसैले यसलाई अवमुल्यन नगरौँ ।’

प्रतिनिधि सभा पुर्नस्थापनाबाट पाठ सिक्दै गल्ती दोहो¥याउनु नहुने डा. भट्टराईको भनाई छ । प्रतिनिधि सभालाई जनताको सार्वभौमसत्ता अभ्यास गर्ने थलो बनाउनुपर्नेमा उनको जोड छ । देउवा नेतृत्वको सरकारलाई स्थायी सरकार बनाउन र लोकतन्त्र र संविधानलाई जोगाउन उहाँले आह्वान गरेका छन् ।

  • ३ श्रावण २०७८, आईतवार १६:०१ प्रकाशित