१० वुंदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि भोलि स्थायी कमिटिको वैठक

केन्द्रभाग मिडिया

पोखरा । गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्। नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ ।

सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग भएको छलफलपछि दस बुँदे सहमति कार्यान्वयनको लागि स्थायी कमिटी बैठक बोलाउने सहमति जुटेको छलफलमा सहभागी सुरेन्द्र पाण्डेले केन्द्र खवरलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा अब एकताको पक्षमा लागेका नेताहरु सहभागी हुनेछन् । माधवकुमार नेपाल माथिको कारवाही प्रक्रिया फिर्ता लिने विषयमा भोलिकै बैठकमा निर्णय हुन सक्ने उनले बताए ।

दस बुँदे कार्यान्वयनको लागि भोलि ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ,’ पाण्डेले भने, ‘ हामी त्यो बैठकमा सहभागी हुन्छौं ।’
माधव नेपाललाई समेत दल दर्ता प्रक्रिया फिर्ता लिएर बैठकमा आउन अनुरोध गर्ने उनले बताए ।

‘हामी एमाले फुट रोक्न चाहन्छौं, दस बुँदे सहमतिको प्रस्ताव कार्यान्वयनमा गएपछि त्यो विभाजन रोक्छ । माधव नेपालसहितका नेताहरूमाथि गरिएको कारवाही भोलिकै बैठकबाट फिर्ता हुने संभावना छ,’ पाण्डेले थपे ।

एमाले विवाद समाधान गर्न असार २७ गते दस बुँदे सहमतिको प्रस्ताव तयार पारिएको थियो । त्यस आधारमा ओलीले त्यस यता गरेका सबै निर्णय पनि फिर्ता लिनुपर्नेछ ।

 

  • ७ भाद्र २०७८, सोमबार १५:१८ प्रकाशित