दुई दिनभित्र १० बुँदे सहमति कार्यान्वयन नभए विद्रोह गर्ने माधव पक्षीय एमाले नेताहरुको चेतावनी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेमा माधव नेपाल पक्षीय नेताहरुले दुई दिन भित्र १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समय दिएका छन् । नभए विद्रोह गर्ने उनीहरुको चेतावनी छ ।

विद्रोह बाट माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरुको दाबी छ । बैठकले दुई दिनभित्र १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न जोड दिँदै पार्टी अध्यक्ष ओलीलाई समय दिएको हो । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका नेपाल पक्षीय स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार उक्त छलफलमा ५७ जना सहभागी भएका थिए ।

तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ ।

  • ४ भाद्र २०७८, शुक्रबार २०:५६ प्रकाशित