आफ्ना व्यवसायी सदस्यलाई रोयलद्धारा क्यू आर कोड हस्तान्तरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले यो प्रविधी हस्तान्तरण गरिएको हो ।

संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले शेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गरिएको हो । योजना बमोजिम संस्थाका सदस्यहरुलाई स्मार्ट सदस्यको रुपमा विकास गराउने र सोहि अभियान अन्र्तगत क्यू आर कोड प्रविधी मार्फत सदस्यहरुको व्यवसायलाई समेत प्रविधीमा जोडेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

सदस्यहरुले उक्त क्यू आर कोड आ–आफ्नो पसल वा व्यावसायिक प्रतिष्ठानमा राख्नुहुनेछ र सेवाग्राही सदस्यहरुले वस्तु तथा सेवाको खरिद पश्चात आफ्नो मोवाईल मार्फत क्युआर कोड स्क्यान बिल भुक्तानी गर्न सहज हुने र यो प्रविधी मार्फत समयको बचत र महामारीको समयमा सुरक्षित समेत हुने संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

नगद कारोवार गर्दा महामारीका कारण सृजित रोगहरु सहजै सर्न सक्ने प्रवल सम्भावनाका कारण नगद लिन र दिन सेवाग्राहीले अप्ठ्यारो महसुस गर्नेे हुदाँ झन्झटिलो प्रक्रियाको साटो सहज रुपमा कारोवार गर्न क्यू आर कोड प्रविधी मार्फत भुक्तानी प्रभावकारी हुने ढकालले बताए ।

कोरोना महामारीको कहर बीच गत वर्षबाट नै संस्थाले चार वटै कार्यालयबाट क्यू आर कोड प्रविधी जडान गरि काउन्टरबाट ई टेलर सुविधा प्रदान गर्दै आएको, मोबाईल बंैकिङ, एटिएम सुविधा र एस एम एस सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रारम्भिक चरणमा १० जना सदस्यबाट सेवा प्रारम्भ गरेकोमा चालु वर्षमा संस्थाले कम्तिमा पनि १०० बढी व्यवसायी सदस्यहरुलाई क्यूआर प्रविधी हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका व्यवसाय प्रवद्र्धन विभाग प्रमुख विजया श्रेष्ठले जानकारी गराए ।

 

  • ४ भाद्र २०७८, शुक्रबार १८:०७ प्रकाशित