माधव नेपाललाई साथ नदिने स्थायी समितिका सदस्यहरुको वैठक वस्दै

केन्द्रभाग मिडिया

पोखरा । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको आज बैठक बस्दैछ।

एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार आठ जना स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक महाराजगञ्जमा बस्ने लागेको हो।

 

‘बैठकबाट हामीले एमाले विवाद समाधान कार्यदलले बनाएको १० बुँदेको अक्षरशस् पालना गर्न र गत फागुन २८ यता भएका सबै निर्णय खारेज गर्न अपिल गर्छौं,’ आचार्यले भने,‘अध्यक्ष केपी शर्मा ओली त्यसो गर्न तयार हुनु भएन भने हामी पनि विद्रोह गर्न बाध्य हुन्छौं।

 

ओलीले यो कुरा पालना गरे माधव नेपालहरूलाई पनि पार्टी एकता गर्न आउने वातावरण बन्ने उनीहरूको बुझाइ छ।

यसअघि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

 

  • ४ भाद्र २०७८, शुक्रबार १३:४२ प्रकाशित