अफगानिस्तानमा रहेका थप २८९ जना नेपालीको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८९ जना नेपालीको उद्धार गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८९ जनाको उद्धार गरी काठमाडाँ ल्याइएको छ ।

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३ भाद्र २०७८, बिहीबार १७:४८ प्रकाशित