देश छाडेका राष्ट्रपति अशरफ गनीले यूएईमा शरण लिएपछि भने : म भागेको हैनु

केन्द्रभाग मिडिया

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ।

गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए।

यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारम गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ।

बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाू बाट बचाउन देश छाडेको बताए।

रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु, उनले भने।

हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु।

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुटू भएको भन्दै अस्वीकार गरे।

 

आलोचना
देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए।

अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्‌का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ईश्वरले उनलाई जबाफदेह बनाऊन् र देशले पनि उनलाई न्याग गर्ने नै छ।

सोमवारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए।

बुधवार अबेर अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मनले सञ्चारकर्मीहरूसँग गनी अफगानिस्तान अब कुनै व्यक्तित्त्वका रूपमा नरहेको बताएकी थिइन्।

यद्यपि अमेरिकाले लगातार उनलाई राष्ट्रपति गनी भनेर सम्बोधन गरिरहेको छ।

अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानमा औपचारिक रूपमा सत्ता हस्तान्तरण नभएको भन्दै त्यसलाई जारी राखेको हो।

भिडिओ सन्देशमा गनीले आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामाू आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताए।

घटनाक्रम तीव्र रूपमा विकास भयो। म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ, उनले भने।

गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भनेका हुन्।
अन्य देशबाट भागेका वा अपदस्थ भएका कुनै नेतालाई यूएईले सुरक्षित ठाउँ दिएको यो पहिलो घटना भने होइन।

सन् १९९० ताका पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोले पनि यूएईमा शरण लिएकी थिइन्। पछि उनी फेरि शक्तिमा फर्किइन्।

तर बीबीसीका सुरक्षा संवाददाता फ्र्याक्क गार्डनरका भनाइमा यूएई आफ्नो भूमि राजनीतिक मैदानका रूपमा प्रयोग नहोस् भन्ने चाहन्छ।

यूएईमा ठूलो सङ्ख्यामा अफगान र पाकिस्तानी कामदारहरू काम गर्छन्।

 

को हुन् अशरफ गनीरु
अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए।

उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्।
उनी देशका चर्चित शिक्षाविद् हुन्।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए।

अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् गनी स्वदेश फर्केका थिए।

राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो। तर चाँडै उनलाई चाँडै रिसाउने व्यक्तिका रूपमा पनि चिन्न थालियो।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन्।

उनलाई तालिबानले सधैँ अमेरिकाको कठपुतली का रूपमा चित्रित गर्ने गरेको छ।

यस वर्षको सुरुमा बीबीसीसँग कुरा गर्दै गनीले तालिबानले सैन्य जित हासिल नगर्ने बताएका थिए।

उनले त्यस बेला भनेका थिए, यो भियतनाम होइन। यो सरकार ढल्न गइरहेको छैन।

सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार आयो।

त्यहाँबाट उनी यूएई पुगेका हुन्। समाचार साभारः बीबीसी

  • ३ भाद्र २०७८, बिहीबार १६:३६ प्रकाशित