माधव नेपालको दल सनाखत हुनेबत्तिकै मन्त्रिपरिषद् विस्तार हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको बचाउ गरेका छन् ।

उनले यसअघि केपी शर्मा ओलीले ल्याएको अध्यादेश लोकतन्त्र र संविधान कमजोर पार्न ल्याईएको भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेश भने सही उद्देश्य राखेर ल्याईएको दाबी गरेका छन् ।

आज  प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ नामक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउने, संविधान सिध्याउनु र गणतन्त्र सिध्याउनु थियो, तर अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्न आएको हो । यी दुईमा आकाश र जमिनको फरक छ भन्ने कुरा बुझ्नुपर्छ । आदर्शवादी ढंगले भन्नुहुँदैन् ।’

उनले माधव नेपाल नेतृत्वको नयाँ दल दर्ता सनाखत हुनेबेत्तिकै सरकारले पूर्णता पाउने पनि दाबी गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे आजमात्रै प्रधानमन्त्री देउवासँग आफू र माधव नेपालले छलफल गरेकोपनि दाहालले जानकारी दिए । उनले अब माधव नेपालको दल दर्ताको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए ।

  • ३ भाद्र २०७८, बिहीबार १४:४९ प्रकाशित