माधव   नेपालले पार्टीको नाम एमाले समाजवादी र चुनाव चिन्ह खुल्ला किताव राख्ने

केन्द्र खबर

पोखरा । नेकपा एमालेको माधव कुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो।

नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए।
पार्टीकोे नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिह्न राख्ने सहमति जुटेको हो।

नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ। पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ। नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ।

२०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो। यसपाली एमाले फुटाउँदा नेपाललाई आफ्नै समूहका दोस्रो पुस्ताका नेता कार्यकर्ताले साथ नदिने देखिएको छ।

तेस्रो पुस्ताका युवा नेता कार्यकर्ताको समर्थनमा नेपालले नयाँ पार्टी बनाउन लागेका हुन्। कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै आएका नेपालले पहिलो पटक संस्थापनका बिरुद्ध विद्रोह गरेका हुन्।

  • २ भाद्र २०७८, बुधबार १४:५४ प्रकाशित