कुलमानको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको र्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जवराले मुद्दाको पेशी तोकेका हुन् ।

आफू ४ वर्षका लागि नियुक्त भएकोमा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाई घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्र शाक्य शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा–सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ । तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।

  • २ भाद्र २०७८, बुधबार ११:३५ प्रकाशित