मेलम्चीको बाढीले थप तीन घर बगायो

केन्द्रभाग मिडिया

सिन्धुपाल्चोक ।
मेलम्चीमा फेरी बाढी आएको छ । अविरल बर्षसँगै आएको बाढीले मेलम्चीका थप तीन घर बगाएको छ ।

बाढीले मेलम्ची –६ नेपानेमा बाढीले थप तीन घर बगाएको हो ।

बाढीले गए राति स्थानीय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको स्थानीय भिमसेन थापाले जानकारी दिए । थप घरहरू र बाटो समेत जोखिममा रहेको उनले बताए ।

गए राति बगाएका यी घर यसअघिको बाढीले जोखिममा रहेका घर रहेको र सामान र मानिस सारिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी ,प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

​​​​​​​सिन्धुपाल्चोकमा गत साउन १६ पछिको बाढीले अहिलेसम्म १ सय ११ घर टहरा बगाएको छ ।

  • २ भाद्र २०७८, बुधबार ११:०७ प्रकाशित